WLCOME TO NEPAL TAMANG ARTIST ASSOCIATION
नेपाल तामाङ कलाकार संघ तामाङ कलाकारहरुको हक र हितको निम्ति स्थापना भएको बिशुध्द समाजिक सँस्था हो। हामी तामाङ जाति सँस्कार र सँस्कृतिको एकदमै धनी समुदाय हो त्यसैले यस सँस्कार र सँस्कृतिको सम्बर्द्धन प्रबर्द्धन र बिकास गर्नुपर्ने तामाङ कलाकारहरूको प्रमुख दायित्व हो। सँस्कृती हराए पहिचान हराउँछ , पहिचान हराए अस्तित्व हराउँछ त्यसैले तामाङ सँस्कृतिको बिकासको लागी नेपाल तामाङ कलाकार संघ सँस्थागत रूपमा अगि बढिरहेका छौं । सँस्कृती र सँस्कार बचाउन सर्बप्रथम श्रष्ट एबम सर्जक बाँच्नुपर्छ त्यसैले श्रष्ट एबम सर्जकहरुलाई प्रोत्साहित गर्दै सँस्कृतिको बिकास गर्न नेपाल तामाङ संघले सँस्कार र सँस्कृती केन्द्रित गतिविधिहरु गर्दै आइरहेको छौं । त्यतिमात्र नभएर राज्यबाट बिगतमा दमनमा परेर माथी उठ्न नसकिरहेको तामाङ समुदाय भएको हुनाले विभिन्न सँस्कृतिक आन्दोलनहरुमा तामाङ हरुको हक र हितको निमित्त सँस्थागत रूपमा एक्यवद्धता जनाउँदै र आन्दोलनहरुमा सहभागिता हुँदै आईरहेका पनि छौँ । यो सँस्कृतिक पहिचानको आन्दोलनमा तामाङ कलाकार संघ सँस्थागतरुपमा सधैं अग्र मोर्चामा रहिरहने प्रतिबद्धता पनि ब्यक्त गर्दछौं ।
MESSAGE FROM Chairperson
फ्याफुल्ला ।
सम्पुर्ण देश तथा बिदेशमा रहनु भई तामाङ कला , भाषा , संस्कार संस्कृति , कलाकार र तामाङ कलाकार संघलाई माया , समर्थन र साथदिनु हुने तमाम दाजुभाई दिदिबाहिनि , दर्शक स्रोता , संघ संस्थाका ब्यक्ति ब्यक्तित्व ज्युहरुमा हृदयदेखि नै फ्याफुला / नमस्ते ।
तामाङ भाषा , कला संस्कार संस्कृति र कलाकारको संरक्षण र प्रवर्द्दनको लागि स्थापना भएको हाम्रो संस्था नेपाल तामाङ कलाकार संघको १८ औं बार्षिक साधारणसभा तथा ९ औं अधिवेशन बाट संघको नेतृत्व ( अध्यक्ष ) हुन पाउदा खुशि अनि जिम्मेवारि पाएको मौकाको रुपमा लिएको छु । मलाई यो अवसर दिनु भएकोमा सम्पुर्ण अग्रज कलाकार , संस्थाका सल्लाहकार एवं तामाङ सेलो गित संगितमा आबद्द सबै कलाकारहरुप्रति आभार ब्यक्त गर्न चाहन्छु ।
संस्थाको बिधान अनि कलाकारिताको धर्ममा रहेर तामाङ भाषा , सेलो संगित , तामाङ संस्कार संस्कृति , कलाकारहरुको हितमा सदैव काम गर्ने प्रतिबद्दता ब्यक्त गर्न चाहन्छु ।
साथै हाम्रो कला , भाषा संस्कार संस्कृति र कलाकारको संरक्षण र प्रवर्द्दनको लागि संस्थागत रुपमा एकरुपताको लागि नेपाल तामाङ कलाकार संघमा गोलबद्द हुनाका लागि सम्पुर्ण कलाकारहरुमा अनुरोध र आव्हान गर्न चाहन्छु ।
बिशाल काल्तान
अध्यक्ष
नेपाल तामाङ कलाकार संघ
Fyafulla.
To all brothers and sisters, audiences, and distinguished personalities from various organizations residing at home and abroad who love, support, and stand by Tamang art, language, culture, artists, and the Tamang Artistes Association. I offer my heartfelt Fyafulla / Namaste.
I have taken it as joy and an opportunity of responsibility to be able to become the leadership (President) of the association from the 18th Annual General Meeting and 9th Convention of our organization, Nepal Tamang Artistes Association, which was established for the protection and promotion of Tamang language, art, rites, culture, and artists.
I wish to express my sincere gratitude to all senior artists, advisors of the organization, and all artists associated with Tamang Selo music for entrusting me with this opportunity.
abiding by the organization’s statute and the ethics of artistry, I express my commitment to always work for the welfare of the Tamang language, Selo music, culture, and artists.
Furthermore, for the protection and promotion of our art, language, and culture, and to foster institutional unity, I request and appeal to all artists to unite under the Nepal Tamang Artistes Association.
Bishal Kaltan
President
Nepal Tamang Artistes Association
NOTICE & aCTIVITIES
आठौं अधिवेशनबाट सर्बसम्मत निर्वाचित कार्यसमिति ।
आठौं अधिबेशनबाट सर्बसम्मत निर्वाचित कार्यसमिति । 1• अध्यक्ष : बिशाल काल्तान 2• बरिष्ट उपाध्यक्ष : रोशन फ्युबा तामाङ 3• उपाध्यक्ष : सुभाष मोक्तान 4• महासचीब : खेम मोक्तान 5• सचीब : निर्मला घिसिङ 6• कोषाध्यक्ष
सदस्यता नविकरण सम्बन्धी सुचना
विषयः सदस्यता नविकरण सम्बन्धमा । पदाधिकारी ज्यूहरु कार्यसमिति सदस्य ज्यूहरु साधारण सदस्य ज्यूहरु प्रस्तुत बिषयमा नेपाल तामाङ कलाकार संघको १६ औं साधारण सभा तथा ८औं अधिबेसन मिति २०८०/०५/२३ गते शनिबारका दिन हुने निर्णय भएकोले संस्थामा
NEWS & NOTICE
सुचना || सुचना || सुचना नेपाल तामाङ कलाकार संघको आयोजनामा दोस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव २०७८ निम्न मिति र स्थानमा भव्यता साथ सु-सम्पन्न हुने भएको छ । आफ्नो भाषा संस्कार , संस्कृति र भेषभुषाको




