सदस्यता नविकरण सम्बन्धी सुचना

विषयः सदस्यता नविकरण सम्बन्धमा ।

पदाधिकारी ज्यूहरु
कार्यसमिति सदस्य ज्यूहरु
साधारण सदस्य ज्यूहरु

प्रस्तुत बिषयमा नेपाल तामाङ कलाकार संघको १६ औं साधारण सभा तथा ८औं अधिबेसन मिति २०८०/०५/२३ गते शनिबारका दिन हुने निर्णय भएकोले संस्थामा आवद्ध रहनुभएका सम्पूर्ण सदस्य महानुभावहरुलाई मिति २०८०/०५/१० गते भित्रमा आर्थिक बर्ष ०८१/८२ सम्मका लागि सदस्यता नविकरण गर्नहुन अनुरोध गर्दछ । अन्यथा संस्थाको अधिबेसनका प्रकृयाहरुमा सहभागी हुन नमिल्ने ब्यहोरा समेत जानकारी गराइन्छ ।

रोशन फ्युवा तामाङ
महासचिव

मितिः २०८० साउन १६

By | 2023-08-01T10:00:48+01:00 August 1st, 2023|News, Notice & Activity|