स्व. दिपेन्द्र दोङ तामाङ र अमर उपहारहरु

-नेपाल तामाङ कलाकार संघ

बि.स. २०३६ साल चैत्र १९ गते काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका वडा नं. ४ बोल्दे, कल्लेरीमा जन्मनुभएका दीपेन्द्र दोङ तामाङ नेपाली र तामाङ साहित्यिक क्षेत्रका चिरपरिचित व्यक्तित्व हुन् । काव्य र आख्यान दुबै विधामा कलम चलाउँदै आएका दीपेन्द्रका शंका एकांकी नाटक संग्रह, बेदनाका लहरहरु गीत संग्रह, पे्रमिल कथा संग्रह, नाम्सारी पहिलो तामाङ उपन्यास, जेसुम पहिलो तामाङ गीति नाटक लगायतका कृति प्रकाशित छन् । बि.स. २०५२ सालममा रेडियो नेपालमद्धारा आयोजित भाषाभाषीका गीतहरुको प्रतियोगिता फुलबारीका लागि पहिलो पटक तामाङ भाषाको गीत लेखेका दीपेन्द्र त्यस यता तामाङ गीत संगित क्षेत्रमा गीतकारकै रुपमा स्थापित भए । उनका विबिध “वाद र शैलीका गीतहरुले श्रोता दर्शकका मात्र नभइ गायक गायिका र संगीतकारका समेत रोजाइका गीतकार बने ।

२५ वर्षदेखि निरन्तर तामाङ गीत लेखनमा सक्रिय दीपेन्द्रका शब्दमा कुन्ती मोत्तलान, मनिला सोताङ, चन्द्रकुमार दोङ, इन्दिरा गोले, राजु लामा, निमा रुम्बा, एञ्जन्ल्स हर्ट, विजय लामा, आशुषेन लामा, सन्तोष लामा, तुलसा वाइबा, इन्दिरा योञ्जन, रामबाबु योञ्जन। इोगिता मोक्तान, कुन्साङ वाइबा, अमृत लामा, सुकमीत गुरुङ, निर्मला घिसिङ, सञ्जीब वाइबा, जितङ लोप्चन, मौसमी गुरुङ, जगदीश समाल, कर्म दोङ, सानु वाइबा, बुनु श्रेष्ठ, रामचन्द्र काफ्ले, थुप्तेन भुटिया, बिशाल काल्तान र सोनिया लामा लगायतका स्थापित र चर्चित गायक गायिकाहरुले स्वार दिएका छन् । उनको शब्दमा शिलाबहादुर मोक्तान, उदय सोताङ, आइसिंह लामा, चन्द्रकुमार दोङ, सुरेश अधिकारी। कुबेर सिंह दोङ, रोज मोक्तान, विश्व दोङ, अमृत लामा, विशाल काल्तान, उत्तर लामा संगुल लगायतका संगीतकारहरुले संगीत सहकार्य गरिसकेका छन् ।

दीपेन्द्र दोङ तामाङ पहिलो व्यवसायिक तामाङ गीतकार हुन् । गायक गायिकाहरुको भोकल टोन र रेञ्ज अनि संगीतकारको कम्पोजिशन स्टाइललाई ध्यानमा राखेर शब्द रचना गर्नु उनको विशेषता मानिन्छ । त्यस्तै देशकाल र परिस्थिति अनुसारका गीत रचना गर्नु उनको स्वरुची हो । सशस्त्र द्धन्दका समय उनका गीतहरुले शान्तिको अपिल गर्थे भने संबिधान सभा मार्फत नयाँ संबिधान लेख्ने अभियान देशमा चलिरहँदा उनले अब बन्ने संबिधानबाट तामाङ समुदायले अपेक्षा गरेका कुराहरु गीतको शब्द मार्फत अगाडि सारे । २०७२ सालको विनाशकारी भूकम्पपछि आत्तिएका मनहरुलाई प्रोत्साहित गर्दै पुननिर्माणमा जुट्न अपिल गर्दै उनले रचना गरेका गीत धेरैका लागि प्रेरणा बने ।समाजमा विद्यमान कुरिति, अन्धविश्वास, लैंगिक भेदभाव, शिक्षा र जागरणका लागि उनले विभिन्न समयमा आवश्यकता र माग अनुसारका छुट्टा छुट्टै गीत रचेका छन् । अहिलेसम्म उनका झन्डै ७ सय गीत रेकर्ड भएका छन् ।
सञ्चालित जनता समाचार डट कममा शुरुवाती सम्पादकीय दायित्वमा रहेका उनी जनता टेलिभिजनका कार्यकारी निर्माता समेत थिए । हाल रेडियो जनताका स्टेशन म्यानेजर रहेका उनी कम्पनीका नायबमहाप्रबन्धक समेत हुन् ।
नेपाल तामाङ कलाकार संघ, तामाङ पत्रकार संघ र तामाङ चलचित्र संघ स्थापना गर्ने संस्थापनमध्ये एक हुन् दीपेन्द्र दोङ तामाङ । यस्तै तामाङ युवाहरुको अन्तरदेशीय सञ्जाल तामाङ चौतारी परिकल्पना र संस्थापक अध्यक्ष समेत उनी नै थिए । उनी दुई वर्ष चलचित्र विकास बोर्डको मातृभाषा विभागमा सदस्यका रुपमा रहे भने हाल नेपाली पत्रकारहरुको अन्तर्राष्टिय सञ्जाल इञ्जाको एसिया च्याप्टरका महासचिब छन् ।

पुरस्कार र अवार्ड
दशकका उत्कृष्ट गीतकार ः २०६४ सालमा काठमाडौँ महानगरपालिकाद्धारा सञ्चालित मेट्रो एफएमको १० औं वार्षिकोत्सवको अवसरमा तामाङ भाषको गीत ए ज्यो ज्यो चु ह्युल्सारी चु तिला ताजीका लागि दशककै सर्वाेत्कृष्ट गीतकारका रप्मा पुरस्कृत । नेपाल भाषाबाट बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ पुरस्कृत हुनुभएको थियो ।
इमेज अवार्डमा तामाङ विधा ः इमेज च्यानलमा आवद्ध रहेको बेला दीपेन्द्रकै पहलमा प्रतिष्ठित इमेज म्युजिक अवार्डमा पहिलोपटक २०६६ सालमा तामाङ गीत संगीतका लागि छुट्टै विधा समावेश । पहिलोपटक शशिकला मोक्तानले उक्त अवार्ड जित्न सफल भएकी थिइन् ।
पहिलो फिल्म एण्ड म्यूजिक अवार्ड ः पहिलो तामाङ एण्ड म्यूजिक अवार्डमा गीत डेनमुलाले दशककै सर्वाेत्कृष्ट गीतका साथमा पाँच विधाको अवार्ड जित्न सफल ।
दोस्रो फिल्म एण्ड म्यूजिक अवार्ड ः दोस्रो फिल्म एण्ड म्यूजिक अवार्डमा चलचित्र तर्फ सर्वाेत्कृष्ट गीतकार अवार्ड जित्न सफल ।
दर्शक छनौट पुरस्कार ः तामाङ डाजाङले प्रदान गर्दै आएको उत्कृष्ट कृति पुरस्कार गीति नाटक जेसुमबाट २०६९ मा जित्न सफल ।
विश्वशान्ति पत्रकारिता पुरस्कार ः पत्रकारिताको माध्यमबाट विश्व शान्तिका लागि उल्लेखनीय योगदान पु¥याए वापत दक्षिण कोरियामा सन् २०१७ मा सम्पन्न विश्व शान्ति सम्मेलनमा विश्वशान्ति पत्रकारिता पुरस्कारबाट पुरस्कृत । संयुक्त राष्ट्र संघले समेत मान्यता प्रदान गरेको उक्त कार्यक्रममा यस्तो पुरस्कार पाउने दक्षिण एसियाबाट दीपेन्द्र एक्ला पञकार थिए ।
मानार्थ विश्व शान्ति दूत ः दीपेन्द्र दोङ तामाङ विश्व शान्तिका लागि मानार्थ शान्ति दूत रहेका छन् ।
दीपेन्द्र दोङ तामाङका चर्चित र लोकप्रिय केही तामाङ गीतहरु
१) आपा आमसे ह्याङ्दा ख्लासीन निसाइ
२) तिनीला ल्होछार मेलारी
३) ओ आङा नेपाल ह्याङ्ला ह्युल्सारी
४) म्हेन्दो पपु ह्राङ्बा ङाला मायादा
५) ओहोइ डोल्मो खैनिबा
६) खराङ्बा बेला चु ङादा खाजि
७) ङादा ख्लासी निबा माया एदा ङाला डेन मुला

८) सुखमी याङ्बा बेलारी
९) खाइमाम् खान क्रेतेबा
१०) तोर तोर ल्हाला ह्रिन्हाङ्री
११) लानी ह्राङ्नोन शितल शितल
१२) तोर तोर ल्होरी खाङ्बा लारी
१३) ए सेमजो
१४) चु ग्यालाम खालाङ निला
१५) राप्ती बगररी
१६) ङादा ख्लासी निबा माया दोसी एला डान्बा खाजी
१७) ङामी तामाङस्या
१८) आङ्रे जेबा मखमलला
१९) लानी दिनीह्राङ अमर माया
२०) ल्होस्सोले डेन मुला
२१) झेली लाजी जिन्दगीसे
२२) डागे बिसी बोल्ना बोल्नान्
२३) ह्रिसी माया याङ्बा हिन्साम
२४) तिनीला चु होइ गेताङरी
२५)म्हेन्दोथेन बास्नाह्राङ
२६) ङानी जोमेला चु होइ गेताङरी
२७) कोइली ङ्ह्याजी कुहु कुहु
२८) ढुक ढुक लासी छ्योङ्सी तिल्दा
२९) ताम्सालिङ ह्रिबारीनोन् थेला कख सेतोला
३०) जामेदा लोप्खाङ पुइतोजी
३१) ए ज्योज्यो चुह्युल्सारी चु तिला ताजी
३२) एला माया धिमनाम
३३) डमडम डम्फू अह्राप्को
३४) जा जामे च्यो च्यो ताला जिन्जी
३५) म्हेन्दोमाया तामाङ ग्योअी छार्ना लाइ
३६) एदा ङाला चु मीला
३७) ङाला सेम्जो अम्राङ्तेचे
३८) सेर सोमला आइरकसे
३९) ओर्काेले ओर्काे
४०) हिक्कु हिक्कु खाजी
४१) स्यारल्हो न्हुपज्याङ
४२) तिला मुला आमा थे ह्युल्ला खबर
४३) म्हेन्दो ङा म्हेन्दो
४४) ब्राउ सेगे ज्योज्यो क्यर्सेला शैलुङ
४५) सिन्का सिन्का खोतासी
४६) घादेनोबा मुग्याम ताजा लानी दिनी

४७) म्हेन्दोमाया सुनको बाला

By | 2023-03-28T07:00:21+01:00 March 28th, 2023|ARTICLE, News|